logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकीकृत समाजवादीका युवा नेता बुढाथोकी पक्राउ


अंकुरण खबर
1.768K
Shares

नेकपा एकीकृत समाजवादीका युवा नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौंका जिल्ला अध्यक्ष रुकुमको सिस्ने गाउँपालिका–५ घर भएका अर्जुन बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीलाई बैङ्किङ कसुर मुद्दामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

बुढाथोकीले दिएको ८० लाखको चेक बाउन्स भएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।