logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाइते


अंकुरण खबर
806
Shares

बुटवलमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ७८९ नम्बरको बस कालीकाचोक नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल र चौराहा अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।