सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् ।
वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।
भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको पहिचान भएको छैन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको छ ।