logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा ७६.६५ अंकको गिरावट


अंकुरण खबर
819
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार उच्च अंकले घटेको छ ।

आज नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८ सय १२ दशमलब ३९ विन्दुमा पुगेको हो । त्यस्तै, आज ९ अर्ब ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.७७ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।