एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन् ।
काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन् ।
‘एमालेलाई नेताहरूले जोगाउन सकेनन्। एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो ।’
कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए ।
उनले कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको आरोप समेत लगाए ।