logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट ४४ लाख डोज खोप आज नेपाल आइपुग्दै


अंकुरण खबर
1.196K
Shares

सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।

खोप लिन बिहीबार राति चीनतर्फ उडेको नेपाल एयरलाइन्सको वाइडबडी विमान आज दिउँसो २ बजे खोप लिएर फर्किने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार सरकारले ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ ।

अहिलेसम्म कोभिशील्ड २४ लाख ४८ हजार मात्रा, भेरोसेल ७४ लाख मात्रा, जोन्सन एन्ड जोन्सन १६ लाख मात्रा, एस्ट्राजेनेका १७ लाख ७७ हजार ३२० मात्रा खोप नेपालले प्राप्त गरेको छ ।