logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भौतिक रुपमा पढाइ शुरु गर्न त्रिविको निर्देशन, शुक्रबारदेखि नै कक्षा सञ्चालन


अंकुरण खबर
2.366K
Shares

त्रिभुवन विश्व विद्यालयले सम्भव भएसम्म भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

त्रिविले सूचना जारी गरी सम्पूर्ण आंगिक क्याम्पसहरुलाई सम्भव भएसम्म असोज १ गतेबाट नै भौतिक रुपमा कक्षा सञ्चाल गर्न निर्देशन दिएको हो ।

त्रिवि कार्यकारी परिषद्को भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सर्तकता अवलम्बन गर्दै शुक्रबारबाट सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहाल जानकारी दिए ।

त्रिविको सूचनामा तोकिएको मापदण्ड र सीमाभित्र रहेर स्थानीय निकायसँग समन्वय गरी कक्षा सञ्चालन गर्न भनिएको छ । कक्षा सञ्चालन गर्दा स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिन समेत त्रिविले आग्रह गरेको छ ।