नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पदका लागि मात्र नबनेको बताएक छन् ।
आज नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
उनले भने, ‘कुनै पद प्राप्तिका लागि यो पार्टी गठन भएको होइन। देश र जनताप्रति समर्पित हुने हो। यही भावनाअनुसार अगाडि बढ्ने हो ।’
अध्यक्ष नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने समेज जानकारी दिए । उनले भने, ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’
उनले एक हप्ताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताए । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।