logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
767
Shares

ओखलढुंगामा बिहीबार साँझ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–९, कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरी रहेको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–१० स्थित आफ्नै बेसीघरमा टर्चलाइट चार्ज गर्नेक्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।