नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो छापावाल सुनको मूल्य ९० हजार ५०० रुपैयाँ थियो ।
तेजाबी सुनको प्रतितोला मूल्य आज ८८ हजार ६ सय ५० कायम भएको छ ।
यस्तै, ४ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।