logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ


अंकुरण खबर
702
Shares

मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ४३ वर्षीय जगतबहादुर लिम्बु भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले बन्दुकसहित नियन्त्रणमा लिएको हो । जगतको घरमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।