logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनबाट आइपुग्यो भेरोसेल खोपको थप ४४ लाख डोज


अंकुरण खबर
702
Shares

चीनबाट कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे ४४ लाख डोज खोप आएको विमानस्थल स्रोतले जनाएको छ ।

अधिकारीहरका अनुसार आज आएको खोप विभिन्न चरणमा देशका सबै जिल्लामा पठाइने छ ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो ।

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ ।