logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु


अंकुरण खबर
1.339K
Shares

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार राती नवलपरासी (पश्चिम)को सुनवल नगरपालिक–७ ज्यामिरेस्थित सडक लु ३७ प ६९५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको हो ।

सुनवल नगरपालिका-४ रमवापुर बस्ने २७ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी निरीक्षक राम पाण्डेले जानकारी दिए ।

गम्भीर घाइते चौधरीको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।