logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपतिलाई अमेरिकामै तालिबान बनाइएपछि…


अंकुरण खबर
858
Shares

अमेरिकामा राष्ट्रपति जो बाइडेनको विरोध भएको छ। बाइडेनलाई तालिबानजस्तो बनाएर उनको विरोध गरिएको हो।

अमेरिकाको पेन्सिल्भेनिया राज्यका विभिन्न ठाउँमा यतिबेला बाइडेनको फोटो देख्न सकिन्छ। राजमार्ग छेउछाउका होर्डिङ बोर्डमा बाइडेनलाई तालिबानजस्तो बनाएर उनको फोटो टाँसिएको छ।

फोटोमा उनलाई तालिबानको पोशाक र आरपीजी हतियार पहिराइएको छ। ती होडिङ बोर्डमा लेखिएको छ,‘मेकिङ तालिबान ग्रेट अगेन’ अर्थात् बाइडेनलाई तालिबानलाई फेरि महान् बनाउँदैछन्।

Man behind 'Making the Taliban Great Again' billboards mocking Biden is revealed as state senator | Daily Mail Online

हिन्दुस्तान टाइम्सका अनुसार होर्डिङ बोर्ड राख्ने व्यक्ति रिपब्लिकन पार्टीका पूर्व सिनेटर स्कट वागनर हुन्। फक्स न्युजसँगको कुराकानीमा उनले हतार–हतार अफगानिस्तानबाट अमेरिका फर्किँदा तालिबानहरू बलिया भएको र यसमा अमेरिकी राष्ट्रपति बाइडेन जिम्मेवार रहेको बताएका छन्।

बाइडेनप्रति असन्तुष्टिकै कारण आफूले १५ हजार डलर खर्च गरेर यस्तो होर्डिङ बोर्ड लगाएको उनले बताएका छन्। दुई महिनासम्म ती होडिङ बोर्डको ठाउँ आफूले किनेको उनको भनाइ छ।

Making the Taliban great again: Billboards showing Joe Biden as a militant come up in US | World News | Zee News