सरकारले सोमबारदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज वितरण थाल्ने भएको छ ।
शुक्रबार मात्र भेरोसेलको ४४ लाख डोज काठमाडौं ल्याइएको छ । तीनदिने अभियान चलाउँदै सरकारले दोस्रो डोज दिन लागेको हो ।
स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकामा खोप वितरण गर्न लागिएको हो ।
त्यसका लागि काठमाडौं महानगरमा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वरमा ११, दक्षिणकालीमा ९, बूढानीलकण्ठमा १३, टोखामा ११, गोकर्णेश्वरमा ९, शंकरापुरमा ९ र कागेश्वरी मनोहरामा ९ वटा खोपकेन्द्र तोकिएको छ ।
काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल, बलम्बू, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह र वीरेन्द्र सैनिक अस्पताल, छाउनीलाई थप खोपकेन्द्र तोकिएको छ ।
