logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज गणेशमान सिंहको २४ औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै


अंकुरण खबर
741
Shares

आज गणेशमान सिंहको २४ औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ ।

प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनमा अग्रणी भूमिका खेलेका नेता सिंहको सम्झाना स्वरुप प्रत्येक वर्ष नेपाली कांग्रेसले स्मृति दिवस मनाउने गर्छ ।

यस वर्ष पनि कोरोना संक्रमण कामय रहेकाले स्वास्थ्यका मापदण्ड अप्नाउँदै कांग्रेसको भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रमणको आयोजना गर्ने जनाएका छन् । राणा शासन हटाई नेपालमा प्रजातन्त्र पुनः स्थापना गराउन अग्रणी भूमिका खेलेका नेता सिंहलाई निष्ठाका प्रतिमूर्ति मानिन्छ ।

पटक पटक जेल जीवन बिताएका सिंह विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भागेका थिए ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए । देशमा प्रजातन्त्रका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा थिए ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे । उनी विसं २०३३ मा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहेका थिए ।

काठमाडौंको क्षेत्रपाटीमा विसं १९७२ कात्तिक २४ गते जन्मेका नेता सिंहको विसं २०५४ साल असोज २ गते मृत्यु भएको थियो ।