logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज हल्कादेखि मध्यम वर्षाको संभावना : बाढी,पहिरो र डुवानको जोखिम रहेकाले सतर्कता अप्नाउन आग्रह


अंकुरण खबर
845
Shares

आज बिहान देशका विभिन्न ठाँउमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अहिले भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा कायमै रहेकाले आज दिउँसो पनि देशभर केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण पहाडी भागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।