नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौं रुपैयाँ छलकपट गरि सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएतका छन् ।
शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले षडयन्त्र गरेर अरबौँको भन्सार छुट दिन लागेको आरोप लगाएका हुन् ।
कार्यक्रममा अध्यक्ष ओलीले भने ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अरबौंको मात्र होइन खरबौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन ।’
वर्तमान गठबन्धन फ्रिजबाट निकालिएका डल्ला जस्तै भएकोले निर्वाचन पछि बिलिन हुँदै जाने अध्यक्ष ओलीको तर्क थियो ।
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारीहरुलाई आफ्नो कर्तव्य, नियम, कानूनको परिधि भित्र रहेर सक्रियताका साथ वर्तमान सरकारलाई सहयोग गर्न पनि निर्देशन दिए । कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनको भानाई थियो ।