संविधान दिवसको सन्दर्भ पारेर सरकारले ५ सय २३ जना कैदीहरुको सजाय माफी दिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार विभिन्न कसुरमा विभिन्न जेलमा रहेका ५ सय २३ जना कैदीलाई माफी दिएकी हुन् । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कैद माफीका लागि राष्ट्रपति समक्ष ५ सय२३ जना कैदीको नाम सिफारिस गरेको थियो ।
प्रत्येक वर्ष संविधान दिवसको अबसर पारेर सरकारले जेलमा बस्दा चालचलन सुधारिएका र जघन्य अपराधमा बाहेक दोषी ठहर भएका कैदीहरुको ब्यावहारको आधारमा कैद माफ गर्ने गरेको छ ।