logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सातौं संविधान दिवस : लिपिवद्ध संविधान राम्रो, कार्यान्वयन फितलो


अंकुरण खबर
1.586K
Shares

आज असोज ३ अर्थात सातौँ संविधान दिवस, देशैभर कार्यक्रम गरि मनाइदै छ ।

नेपाली जनताले विसं २०७२ असोज ३ गतेदेखि आफुले चुनेका प्रतिनिधिले निर्माण गरेको संविधानको स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरि मनाउँने गरेका छन् ।

संविधान दिवस मनाउँनकै लागि सरकारले आज सार्वजानिक विदा दिएको छ । दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।

जनताले आफ्नो काम,कर्तव्य र अधिकार आफ्नै प्रतिनिधिले संविधानमा लिपिवद्ध गर्न पाउनु पर्छ भन्दै गरेको लामो संघर्ष पश्चात देशमा संविधान घोषणा भएको थियो । आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यले लेखिएको संविधानले सबै नागरिकलाई समानताको प्रत्यानुभूति दिने अपेक्षा गरिएको छ । तर लिपिवद्ध संविधान राम्रो भए पनि कार्यन्वयन पक्ष फितलो हुँदा संविधानको मर्म अनुसार कर्म हुन सकेको छैन् ।

हालको व्यवस्था अनुसार नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज सेवा उपलब्ध गर्न भनिएको छ । सात प्रदेश, ७ सय ५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ देश सञ्चालित छ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानले देशमा राजनीतिक रुपमा छलाड मारे पनि अन्य रुपमा भने अपेक्षाकृत विकास हुन नसकेको जनगुनासो धेरै छ ।

संविधान दिवस जनस्वास्थका मापदण्ड अप्नाउँदै भव्य रुपमा मनाउन सरकारले विभिन्न तह र तप्कामा निर्देशन दिएको छ । त्यस्तै राष्ट्रपति,प्रधानमन्त्री लगाएत उच्च पदस्त व्यक्तिहरुले देशमा शान्ति,शुव्यवस्था र अमचयन कायम होस,संविधानको मर्म अनुसार सबैले अधिकार प्राप्त गरुन भन्दै संविधान दिवसको शुभकामना दिएका छन् ।