नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार १०० तोकिएको छ । गत शुक्रबार पनि छापावाला सुन सोही मुल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० कायम गरिएको छ ।
आज चाँदीको मूल्य भने प्रतितोला एक हजार १५० कायम गरिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १७० थियो ।