logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुद्धभुमि नेपाल हाईड्रोपावरले असोज ११ बाट आईपीओ जारी गर्ने


अंकुरण खबर
1.794K
Shares

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेबाट आईपीओ जारी गर्ने भएको छ।

असोज ११ गते देखि असोज १४ सम्म, ७ लाख ४४ हजार कित्ता बराबरको साधारण शेयर सार्वजनिक निष्काशन गर्ने सो कम्पनीले जनाएको छ।

कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न सिभिल क्यापिटल मर्केट लिमिटेडलाई नियुक्त गरेको छ।

सर्वसाधारणले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य तोकिएको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनसक्नेछन।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ।