logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ७३४ कोरोना संक्रमित, १२ जनाको मृत्यु


अंकुरण खबर
780
Shares

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।

७३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै हालसम्म ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, संक्रमणबाट आज १२ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ ।

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमति रहेका छन् ।