logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

एमाले स्थायी कमिटी बैठक, विधान संशोधनबारे छलफल सुरु


अंकुरण खबर
1.066K
Shares

नेकपा(एमाले)को स्थायी कमिटी बैठकमा आसन्न विधान महाधिवेशनमा पेश गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे छलफल सुरु भएको छ ।

केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार आजबाट ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको बैठकमा उक्त प्रतिवेदन माथि छलफल सुरु भएको हो । छलफल भोली पनि जारी रहने छ ।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने मिति तोकेको छ ।

प्रतिवेदनमा अहिले बसेको स्थायी कमिटीबाट प्राप्त सुझाव यही असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने छ ।
आजको छलफलमा नेताहरू युवराज ज्ञवाली, अमृतकुमार बोहरा, केशव बडाल,घनश्याम भुसाल,अमृतकुमार बोहरा,डा.पुष्प कँडेल सहभागी भएका छन् ।