logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना


अंकुरण खबर
1.326K
Shares

अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

आज गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहे पनि मनसुन निष्क्रिय रहेकाले अन्य क्षेत्रमा खासै पानी नपर्ने मौसमविद् सजिना शाक्यले बताएकी छन्  । उनका अनुसार आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

अहिले नेपालमा भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

मौसमविद्ले अबको एक/दुई दिनको मौसम यस्तै रहने बताएका छन् ।