logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित


अंकुरण खबर
767
Shares

प्रतिनिधिसभाको बैठक आगामी बिहीबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित गर्दै बैठक स्थगित गरिएको हो ।

दुबै विधेयक अर्थमन्त्री जनार्दन शर्माले पेश गरेका थिए ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए ।

प्रतिनिधिसभाबाट पारित भएको विनियोजन विधेयक अब भोलिको राष्ट्रियसभा बैठकमा पेश हुनेछ ।