logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घट्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा १०९५ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु


अंकुरण खबर
676
Shares

पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिएका छन् ।

१३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।