logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३९६ जना कोरोना संक्रमित


अंकुरण खबर
1.365K
Shares

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २ सय ९८ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३२ रहेको छ। जसमध्ये काठमाडौंमा ३ हजार १ सय २२, भक्तपुरमा ९ सय ७० र ललितपुरमा १ हजार ४ सय ४० जना छन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १०९५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा थप २ हजार ९५७ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।