logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिगबोस कार्यक्रम चलाएबापत् सलमानलाई ३ सय ५० करोड दिइने


अंकुरण खबर
1.443K
Shares

बलिउड अभिनेता सलमान खानलाई रियालिटी सो बिगबोस चलाए बापत् नयाँ सिजनमा ३५० करोड भारु दिइने भएको छ।

सिजन–१५ को प्रस्तोता बन्नका लागि उनलाई ३५० करोड भारु दिइने द ट्रिब्युनले जनाएको छ। यस कार्यक्रमको लागि सलमान सय दिन अनुबन्धित हुनेछन्।

उनले बिगबोसमा आफ्नो यात्रा जारी राख्न १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग राखेका थिए। नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भएको हो।

बिगबोसका विजेता भारतमा एकैपटक सेलिब्रिटी हुने हुँदा यो कार्यक्रमलाई चासोका साथ हेर्ने गरिन्छ।