logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजदेखि कमजोर हुँदै मनसुन‚ एक सातासम्म पानी पर्ने सम्भावना


अंकुरण खबर
1.235K
Shares

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि मनसुन केही कमजोर हुँदैछ।

सामान्यतया सेप्टेम्बर २३ मा सकिनुपर्ने भए पनि यस वर्ष मनसुन केही दिन धकेलिने मौमसविद् मीनकुमार अर्यालले जानकारी दिए।

यद्यपि‚ आजदेखि कमजोर हुँदै जाने मनसुन दुई हप्तासम्म सकिने अर्यालले बताए। स्थानीय वायु र जलवाष्पयुक्त हावाको असरको कारण कम्तीमा पनि अबको एक साता देशका अधिकांश स्थानमा हल्का पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ।

अर्यालका अनुसार मनसुन कमजोर हुने क्रममा रहे पनि मंगलबार देशभरको मौसम आंशिक बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यमम खालको पानी पर्नेछ।

बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ। अन्य स्थानको मौसम बदली भएको छ। दिउँसो देशैभर मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिए।

दिउँसो काठमाडौं उपत्यकामा पनि पानी पर्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताए।

स्थानीय वायु र जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार काठमडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परेको थियो। सोमबार राति बर्दिया, सुर्खेत र बाग्लुङमा धेरै पानी परेको थियो।

काठमाडौं उपत्यकामा पछिल्लो २१ घण्टामा २६ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।