logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा कांग्रेसको वडा अधिवेशन आज हुँदै


अंकुरण खबर
702
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज कामाठाडौंमा वडा अधिवेशन हुन लागेका छ।

काठमाडौंमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र वडा रहेका छन्। काठमाडौंको वडा अधिवेशनलाई महत्वका साथ लिइएको छ।

यसअघि भदौ १८ गते वडा अधिवेशन तोकिएको थियो। तर, क्रियाशील सदस्यता विवादका कारण आजलाई सारिएको हो।

आजबाट वडा अधिवेशन हुन लागेको कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुंगो लगाएर पठाएसँगै अधिवेशन गर्न लागिएको उनको भनाइ छ।

क्रियाशील सदस्यले वडा समिति र क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नेछन्। काठमाडौंमा कांग्रेसमा ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन्। आज यहाँका १३८ वडामा अधिवेशन हुने भएको हो। यहाँका ११ स्थानीय तहमा १३८ वडा छन्।

कांग्रेसले स्थानीय तहको अधिवेशन असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधि सभाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ।

त्यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ।