logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा तीन सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
676
Shares

नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावला सुनको भाउ तीन सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य ८८ हजार ७५० रुपैयाँका कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कायम छ ।

सोमबार चाँदी प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।