logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरुवा बन्दुक सहित ५ जना पक्राउ


अंकुरण खबर
715
Shares

सिन्धुलीको दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् ।

सोही ठाउँ जलकिनी बस्ने ५० वर्षीय नुर बहादुर बस्नेतलगायत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी हत्पतेबाट गस्तीमा खटिएको प्रहरीले गोप्य सूचनाको आधारमा बस्नेतको घर र गोठ तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।