एमाले सांसदहरूले मंगलबारको राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका आफ्ना तत्कालीन १४ जना सांसदलाई पदमुक्त नगरिएको बताउँदै एमाले सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।
एमालेका तर्फबाट सांसद देवेन्द्र दाहाललाई बोल्ने समय उपलब्ध गराएपछि पनि सदन अवरोध जारी राखेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाललाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७८’ टेबल गर्न समय उपलब्ध गराएका थिए ।
१५ मिनेटपछि पुनः बस्ने गरी बैठक स्थगित भएको छ ।