logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव टेबुल


अंकुरण खबर
689
Shares

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव टेबुल गरिएको छ ।

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा नेकपा एमालेको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भनि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बैठक प्रारम्भ भएको घोषणा गरेलगत्तै एमालेका संसदहरुले आसनबाट उठेर विरोध जनाएपछि सांसद देवेन्द्र दाहाललाई मन्तव्य राख्न समय दिएका थिए । आफ्नो धारणा राख्दै सांसद दाहालले पार्टीहरुलाई कमजोर बनाउन र संविधानको मर्मविपरित ल्याइएको अध्यादेश खारेज हुनुपर्ने बताए ।

शेरबहादुर देउवा नेतृत्व सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा समेत सरकारले पूर्णतः दिन नसक्नुले सरकार देश र जनतासँग उत्तरदायी नभएको प्रष्ट हुने बताए ।

सांसद दाहालको मन्तव्यपछि पनि एमाले सांसदहरुले विरोधलाई निरन्तरता दिएपछि वैठक १५ मिनेका लागि स्थगित गरिएको थियो । त्यसपछि पुनः बसेको बैठकमा पनि प्रतिपक्षी सांसदको अवरोध जारी नै रह्यो । तर अवरोधकैबीच पनि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भनि प्रस्ताव पेश गर्न समय दिएका थिए ।

विधेयकका विभिन्न विषय र शीर्षकमाथि असोज ७ गतेको बैठकमा समूहगत छलफल हुने भएको छ । बैठक असोज ७ गते पुनः बस्ने गरि स्थगित भएको छ ।