logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय पक्राउ


अंकुरण खबर
793
Shares

कञ्चनपुरमा सशस्त्र प्रहरी बलको टोलीमाथि आक्रमण गर्ने भारतीय पक्राउ परेका छन्।

सीमावर्ती क्षेत्रमा तस्करी गर्ने समूहका नाइके अर्जुनकुमारलाई मंगलबार भारतको चम्पावत जिल्लाका प्रहरीले पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सोमबार राति दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा गरेका थिए। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

घाइते जवानको अवस्था सामान्य रहेको छ। उनको हात र पाखुरामा चोट लागेको बताइएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार सात/आठ जनाको सङ्ख्यामा मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका तस्करहरूले सीमाक्षेत्र नजिक ढु्ङगामुढा प्रहार गरेका हुन्।