logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेसँग भएको लोकतन्त्रको खाका अरुसँग छैन : अध्यक्ष ओली


अंकुरण खबर
663
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र ल्याउने क्रममा नेपाली कम्युनिष्ट नेता र पार्टीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

मंगलबार राजधानीमा मदन मण्डारीको जीवन पुस्तक श्वेतशार्दुल विमोचन गर्दै ओलीले अरुले ल्याइदिएको डेमोक्रेसीमा आफूहरु सहभागी नभएको जिकिर आफूहरले रगत पसिना बगाएर ल्याएको बताए ।

उनीभन्दा अगाडि पूर्वसभामुख दमननाथ ढुंगानाले कम्युनिस्टहरुले पावर केन्द्रित गर्छन् भनी दिएको अभिव्यक्तिको जवाफमा ओलीले लोकतन्त्रका लागि नेपाली कांग्रेसका नेताको भन्दा कम त्याग आफूहरुको नभएको बताए ।

आफूहरु रैथाने लोकतन्त्रवादी भएको उनको जिकिर थियो । नेपालको लोकतन्त्र यस्तो हुनुपर्छ भनेर एमालेले अघि सारेको खाका अरु पार्टीसँग नभएको पनि उनले दाबी गरे ।

फरक प्रसँगमा ओलीले अहिलेको पदक वितरण मदन भण्डारीले देखाएको बाटो विपरितको भएको बताए । ‘अस्तिको दिनको जस्तो पदक वितरण हामीले गरेको भए बा बा। अहिले निर्णय खारेज गर्ने अदालतलाई दिएको छ, बहस गर्ने वकिललाई दिएको छ । कसले रोकोस् ? विरोध गर्ने अखबार टेलिभिजनलाई दिएको छ । कस्तो सबैतिर ढ्याक्ढ्याक्ती आवाज नआओस भनेर थुनेको छ । विरोधी नै रहेनन् । रत्नपार्कमा बसेर वितरण गरेजस्तै छ भन्या । म प्रधानमन्त्री भएको बेला गरेको भए के हुन्थ्यो ? बुद्धिजिवी, नागरिक समाज के भन्थ्यो?’ उनको प्रश्न थियो ।

पदक बोल्न सक्ने विरोध गर्ने र आँखा भएको भए रोएर आँशु खसाल्ने अवस्था रहेको ओलीको भनाइ थियो ।