logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १३३० कोरोना संक्रमित थपिँदा ८३० संक्रमणमुक्त, ५ जनाको मृत्यु


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८३० संक्रमित निको भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ ।

हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन् ।