logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक बस्दै,सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने


अंकुरण खबर
806
Shares

नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले आज निजी निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बैठक बोलाएका हुन्।

सरकार गठन, महाधिवेशन लगाएतका विषयमा पार्टी भित्रै चर्को मतभेद चुलिएको बेला सभापति देउवा छलफलमा जुटेका हुन् । देउवाको सचिवालयका अनुसार आजको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाइने छ ।

सभापति देउवाले आज परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई बनाउने तयारी गरेका बेला उता वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बिरोध गरेका छन् । सत्तापक्ष गठबन्धनले भने देउवाको प्रस्तालाई सहमति जनाइसकेका छन् ।