logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु


अंकुरण खबर
1.859K
Shares

गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका ८ खानिगाउँ थुम्कामा लगातारको भारी वर्षासंगै गए राति १२ बजेतिर गएको पहिरोले तिलक परियारको घर पुर्दा परियारका तीन छोरीको मृत्यु भएको हो।

प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार मृत्यु हुनेमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र १४ वर्षीया जमुना परियार रहेका छन् ।

तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । परियारको एक तले पक्की घर पुरिँदा बीचको कोठामा सुतेका तीन दिदी बहिनीको मृत्यु भएको हो।