साहस ऊर्जा लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।
आज(बुधबार)बाट कम्पनीले १०० अंकित मूल्य रहेको ७० करोड रुपैयाँबराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा २ लाख १० हजार कित्ता सेयर अर्थात ३ प्रतिशत कर्मचारीहरुका लागि छुट्टाएको छ । त्यस्तै ३ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।
एनआईबीएल एस क्यापिटल लिमिटेडले आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने भएको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
आजदेखि असोज १० गतेसम्म आवेदन दिन सकिने आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । पछिल्ला समयका आइपीयो हेर्ने भने १० कित्ताको लागि मात्र आवेदन दिनु राम्रो रहेको जानकारहरुको सुझाव छ ।