logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीको स्थायी कमिटी बैठक बस्दै, मन्त्रीका विषयमा छलफल हुने


अंकुरण खबर
754
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी छ ।