logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा ४० प्रतिशतले पाए कोरोनाविरुद्ध पूर्ण खोप


अंकुरण खबर
663
Shares

काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाको पूर्ण खोप पाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोरोना रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकता दिएपछि कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी रूपमा अघि बढेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सार्वजनिक असोज ४ गतेसम्मको तथ्यांकअनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं र भक्तपुरमा पनि ४१/४१ प्रतिशत तथा ललितपुरमा ३८ प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् ।

सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्य ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियान अघि बढाइरहेको छ।

प्रधानमन्त्री देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउनेगरी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

वाग्मती प्रदेशमा २९ प्रतिशतले पूर्ण खोप पाएका छन्।