नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथग्रहण गराएकी हुन् ।
मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्रमन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति भएपछि प्रधानमन्त्री देउवाले खड्काको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए ।
मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।