logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेशसभा बैठक असोज १३ गतेसम्म स्थगित


अंकुरण खबर
676
Shares

लुम्बिनी प्रदेशसभाको असोज ७ गतेका लागि बोलाइएको बैठक स्थगित भएको छ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मंगलबार जारी गरेको सूचनामा नवौं अधिवेशनको छैटौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ।

एमालेले गत भदौ १ गते बोलाइएको यही अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरूद्ध गर्दै आएको छ।

पछिल्लोपटक भदौ ३१ गते बोलाइएको बैठकमा पनि एमालेले अवरोध गरेको थियो। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले असोज ७ गतेसम्मका लागि स्थगित गरेका थिए।

एमालेले सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेसम्म बैठक बस्न नदिने बताएको छ।