logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक स्थगित


अंकुरण खबर
858
Shares

सार्क राष्ट्रस्तरिय परराष्ट्रमन्त्रीहरुको साइडलाइन बैठक स्थगित भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा नेपालले २५ सेप्टेम्बरमा न्यूयोर्कमा सार्क राष्ट्रस्तरिय परराष्ट्रमन्त्रीहरुको साइडलाइन बैठक बोलाएको थियो। तर सदस्य राष्ट्रहरूबीच सहमति नजुटेकाले बैठक रद्द भएको सार्क सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार सार्क सचिवालयलाई पत्र लेख्दै सदस्य राष्ट्रहरुलाई बैठक रद्द भएकोबारे जानकारी दिन अनुरोध गरेको छ।