नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैैठक सम्पन्न भएको छ ।
हिजोदेखि शुरु भएको केन्द्रीय कमिटी बैठक विभिन्न निर्णयहरु गर्दै आज सकिएको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । बैठकले चुनाव चिन्ह टुङ्गो लगाउने भनिए पनि आज भने टुङ्गो लगाउन नसकिएको प्रचार विभाग प्रम्ख जगनाथ खतिवडाले बताए ।
अर्को बैठक भोलि विहान ११ बजे पुनः बस्ने छ । भोलि बस्ने बैठकले पार्टी महासचिवको ट्ङ्गो लगाउने उनले जानकारी दिए । बैठकमा पार्टीको नाम परिवर्तन गर्नेबारे भने कुनै छलफल नै भएको छैन् । उनले पार्टीको राष्ट्रिय सम्मेलन तीन महिनाभित्र सम्पन्न गर्ने गरि मिति तोकिने पनि जानकारी दिए ।