पछिल्लो २४ घन्टामा देशभर १,४७८ जना कोरोना संक्रमित थपिएका छन्।
११,०६७ जनामा गरिएको पिसिआर परीक्षणबाट १,२५१ र २८६३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८७,८२८ जनामा र एन्टिजेन परीक्षणबाट ८९,६०९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,६३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,५५,६३० पुगेको छ।
यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्युहुनेको संख्या ११,०५९ पुगेको छ।
हाल देशभरिमा २१,१३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।