सत्तारूढ गठबन्धन दलको बैठक बुधबार साझ ५ बजे बस्ने भनिए पनि ६ बजेका लागि सरेको छ।
मन्त्रिपरिषद् विस्तार, समसाययिक बिषयमा छलफल गर्नका लागि बैठब बस्न लागेको प्रधानमन्त्री शेरवहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।
कांग्रेसको पदाधिकारी बैठक, माओवादी केन्द्रको स्थायी समिति बैठक र नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकका कारण गठबन्धनको बैठक एक घण्टा ढिलो गरी बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू सहभागी हुनेछन्।
सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।