logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विषालु सर्पले डस्दा सप्तरीमा एकै परिवारका दिदीभाइको मृत्यु


अंकुरण खबर
1.43K
Shares

सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ।

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई सर्पले डसेको हो। मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन्।

उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए।

राति सुतेको अवस्थामा दुवैको मुखबाट फिज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए।